लागू औषध गाँजा नियन्त्रणमा
२०८१-१०-२२
- A
- A-
- A+
१.
सर्लाही, मलंगवा नगरपालिका ८
स्थित राज श्री चोकबाट ४ के.जी. २७५ ग्राम लागू औषध गाँजा मिति २०८१/१०/२१ गते दिउँसो
प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले
झण्डा बजारबाट राज श्री चोक तर्फ जाँदै गरेको BR 06 AF 7148 नम्बरको मोटरसाइकललाई शंका लागि रोक्न खोज्दा मोटरसाइकल छाडी मानिस फरार
भएकोमा उक्त मोटरसाईकल चेक जाँच गर्दा उक्त परिमाणको लागू औषध फेला परेकोले
प्रहरीले उक्त मोटरसाईकल सहित लागू औषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।