बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-१०-२४
- A
- A-
- A+
बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोक स्थितबाट विल विजक
भन्दा बढि अन्दाजी मुल्य रु.६५,२९,९५०/- (पैंसठ्ठी लाख उनन्तिस हजार नौ सय पचास रुपैयाँ)
बराबरको सामान सहित ना ८ ख ४५६३ नम्बरको ट्रकलाई बिहीबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले पर्साबाट
काठमाडौं तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजकभन्दा बढी
सामान रहेकोले सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।