लागू औषध गाँजा बरामद
२०८१-१०-२८
- A
- A-
- A+
सप्तरी,
बोदेबर्साईन नगरपालिका ३ हुलाकी राजमार्ग स्थितबाट ७११ किलो लागू औषध गाँजा मिति
२०८१/१०/२६ गते शनिवार बेलुका प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहाबाट
खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा चन्हीबाट बोदेवर्साईन तर्फ आउने
हुलाकी सडक खण्डमा गाँजा बोकेको दुई वटा गाडी रोकेर गाँजा झारीरहेको अवस्थामा
प्रहरी टोलीलाई देख्नासाथ दुई वटा गाडी मध्ये एउटा नम्बर नखुलेको स्कार्पियो गाडी भागेको र अर्को
प्र.१-०२-००२ च ५८३४ नम्बरको स्कार्पियो गाडीको चालक गाडी र गाँजा उक्त स्थानमा
छाडी फरार भएकोमा घट्नास्थलबाट स्कार्पियो गाडी र उक्त परिमाण बराबरको लागू औषध
गाँजा प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।