लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१०-२९
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उपमहानगरपालिका १ पथलैया
स्थितबाट ४.५ किलो ग्राम लागू औषध गाँजा सहित देश भारत बिहार राज्य बेतिया जिल्ला
ग्राम भवरा ८ बस्ने वर्ष ४५ को बिजय श्रीवास्तवलाई मिति २०८१/१०/२८ गते सोमबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी
टोलीले नारायणघाटबाट बिरगंज तर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्बरको यात्रुबाहक बसलाई
चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सिरहा नगरपालिका ७ ट्राफिक चोक स्थितबाट
लागू औषध NITRAVET-10
ट्याब्लेट ६ पत्ता (९४ पिस) सहित जिल्ला सर्लाही मलंगवा नगरपालिका १०
बस्ने बर्ष ३७ को संतोष कुमार कर्णलाई मिति २०८१/१०/२८ गते सोमबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले
चोहर्वा तर्फ जाँदै गरेको पैदल यात्रीलाई चेक जाँच गर्ने
क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
बारा, जितपुर सिमरा उपमहानगरपालिका २ स्थितबाट
लागू औषध अफिम १३
किलो सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर
मोक्तान र जिल्ला मकवानपुर कैलाश गाउँपालिका ८ बस्ने बर्ष ४५ को भिम बहादुर
मोक्तानलाई मिति २०८१/१०/२९ गते मंलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष
सुचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज
तर्फ जाँदै गरेको प्र.नं.२-०३-००१ प १६१४ नम्बरको स्कुटीलाई चेक जाँच गर्ने क्रममा
उक्त परिमाण बराबरको लागू औषध र रु. १,३३,६५५/- नगद सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।