ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८१-१०-३०
- A
- A-
- A+
धनुषा,
गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ
५.०६ ग्राम सहित जिल्ला सिरहा धनगढीमाई नगरपालिका २ बस्ने बर्ष २० को मो.अल्तक
राईन र बर्ष २३ को सन्मत अलिलाई मंगलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी पोर्ताहाबाट खटिएको संयुक्त प्रहरी
टोलीले सिरहाबाट काठमाडौं तर्फ जाँदै गरेको प्र. २-०१-००२ प ५३५३ नम्बरको मोटरसाईकललाई
चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।