अबैध लागू औषध गाँजा र अफिम सहित मानिस नियन्त्रणमा
२०८१-१०-३०
- A
- A-
- A+
बारा, जितपुर सिमरा उपमहानगरपालिका २१
स्थितबाट ४ किलो ग्राम लागू औषध अफिम, ७.२० किलो ग्राम लागू औषध गाँजा र नगद रु.
२०,०००/- सहित जिल्ला धादिङ गजुरी गाउँपालिका ३ नाङगी टोल बस्ने वर्ष २९ को सुन
बहादुर थिङग र निजगढ नगरपालिका १३ डमरपुर बस्ने वर्ष २२ को संजय मोक्तानलाई बुधवार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । अवैध लागू औषध बोकी मोटरसाइकलमा हिँडिरहेको
भन्ने गोप्य सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको
प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको प्र.३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकललाई
चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।