अफिम जस्तो देखिने पदार्थ सहित,मोटसाईकल र मानिस नियन्त्रणमा
२०८१-११-०२
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उप महानगरपालिका वडा नं.२१
स्थितबाट लागु औषध अफिम जस्तो पदार्थ ५किलो सहित मोटरसाईकल चालक जिल्ला मकवानपुर
कैलाश गाउँपालिका-६ गोगने वस्ने अं.वर्ष २५ को भुवन सिंह थिङगलाई बिहिवार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी
चेकिङ टोलीले हेटौडाबाट बिरगन्जतर्फ जादै गरेको बा.३६ प २७१४ नं.को मोटसाईकलमा
लागु औषध बोकी बाईक चलाई हिडीरहेको भन्ने सुचनाको आधारमा निजलाई बाईकमा पछ्याउदै
जाने क्रममा इलाका प्रहरी कार्यालय,अमलेखगन्ज अगाडीको चेक
पोईन्टमा रोकी चेक जाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखिएको प्लाष्टिकको पोकामा
लागु औषध अफिम जस्तो पदार्थ फेला पारी,मोटरसाईल र निज भुवन सिंह
थिङगलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।