लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८१-११-०२
- A
- A-
- A+
१.
पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिस
फिट्टे सडकखण्डबाट लागु औषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ५०० ग्राम सहित जिल्ला
सर्लाही विष्णु गाउँपालिका वडा नं.४ मधुवनगोठ बस्ने वर्ष ४५ को सुधिर कर्णलाई
शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट
खटिएको प्रहरी चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ
आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा निज सुधिर कर्णले
बोकेको रातो रंगको डिब्बा
(ग्यालेन) माथि खाने घ्यू राखि रातो प्लाष्टिकमा सानो सानो पोकामा
उक्त डिब्बा (ग्यालेन) भित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ
सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।