स्रोत नखुलेको रकम सहित मानिस पक्राउ
२०८१-११-०४
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका ८ लिंक रोड स्थितबाट स्रोत नखुलेको रकम रु.१०,००,०००/– (दश लाख) सहित भारत बिहार जिल्ला मोतिहारी
थाना रक्सौल ग्राम रक्सौल वडा नं.१७ बस्ने बर्ष अं.२२ को नेहाल कुमारलाई आईतवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले लिंक रोड स्थितमा शंकास्पद रुपमा हिँडिरहेको
अवस्थामा निजलाई खानतलासी गर्दा श्रोत नखुलेको उक्त रकम सहित नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।