स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-११-०५
- A
- A-
- A+
१. धनुषा,
जनकपुर उपमहानगरपालिका ८ स्थितबाट स्रोत नखुलेको नेपाली रकम रू. ५७,८४,६३५/- सहित जिल्ला सिरहा कर्जन्हा नगपालिका ९
बस्ने वर्ष ३९ को भुवनेश्वर राउत, देश भारत बिहार राज्य सितामढी जिल्ला थाना
परिहार ग्रा.पञ्चायत बराही वडा नं.३ बस्ने वर्ष ४२ को जामुन नायक र जनकपुर उपमहानगरपालिका
८ बस्ने वर्ष २६ को जेनिस साहलाई मिति २०८१/११/०४ गते आईतबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला
प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले स्रोत नखुलेको रकम, मोबाईल
थान-१ र ल्यापटप थान -१ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।