लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०८
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका १६ शंकरर्चाय गेट स्थितबाट लागू औषध गाँजा ८ किलो ५०० ग्राम सहित देश भारत वेस्ट बंगाल नदिया सहर बस्ने वर्ष २८ को राज अधिकारीलाई मिति २०८१/११/०७ गते बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट रक्सौल तर्फ जाँदै गरेको सवारी तथा पैदलयात्रीहरुलाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहिज नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट स्थितबाट लागू औषध चरेश जस्तो देखिने बस्तु ११ किलो ७०० ग्राम सहित बारा बुनियाद नगरपालिका २ घर भई हाल बिरगंज महानगरपालिका १६ बसपार्कमा बस्ने वर्ष ३० की आरती यादवलाई मिति २०८१/११/०७ गते बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको को छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकराचार्य सडक खण्डमा बिरगंजबाट रक्सौल तर्फ जाँदै गरेको मानिसहरुलाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध चरेश जस्तो देखिने बस्तु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. धनुषा, गणेशमानचारनाथ नगरपालिका १ स्थितबाट लागू औषध गाँजा ३०० ग्राम सहित मिति २०८१/११/०७ गते बुधवार दिउँसो सोही स्थान बस्ने बर्ष ३२ को बसन्त घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरी टोलीले धारापानीबाट पोर्ताहा तर्फ जाँदै गरेको म.प्र.०१-००४ प ९७५५ नम्बरको मोटसाईकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।