फरार प्रतिवादी पक्राउ
२०८१-११-१८
- A
- A-
- A+
१.
बारा, लागू औषध मुद्दामा १ महिना कैद र रु. २००/- जरिवान तोकिएको फरार
प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका ७ जितपुर बजार बस्ने बर्ष ४३ को धर्मेन्द्र
सहनीलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
सिमराबाट खटिएको प्रहरी गस्ती टोलीले खोजतलास गर्दै जाने क्रममा जितपुरसिमरा उप-महानगरपालिका
७ जितपुर बजारबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।