लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१८
- A
- A-
- A+
१. सर्लाही,
मलंगवा नगरपालिका १० स्थितबाट लागू औषध Nitrazepam Tablet IP 10 mg ११३ पत्ता
(११३० पिस) सहित मलंगवा नगरपालिका ३ बस्ने बर्ष २४ को सुबोध पण्डित र कविलासि नगरपालिका
३ बस्ने बर्ष २८ को मनोज कुमार महतोलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकाई छिपाई साईकलमा ल्याउँदै
गरेको निजहरुलाई शंका लागि चेक
जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी,
बलान बिहुल गाउँपालिका १ बलान खोला स्थितबाट लागू औषध फेनारगन ९७ पिस, डाईजेपाम ९७
पिस, आईपिपिल ९७ पिस र नाईट्राभेट १४ पिस सहित उदयपुर त्रियुगा नगरपालिका ९ बस्ने वर्ष
२१ को चुडामनी राय माझि र वर्ष २० को सुमन परियारलाई शनिवार दिउँसो प्रहरी
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी टोलीले बलान खोला पुल
देखि २०० मिटर उत्तर तर्फ भित्री सडक खण्डमा जाँदै गरेको पैदल यात्रीलाई चेक जाँच
गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सप्तरी, सुरुङ्गा नगरपालिका ४ कदमाह स्थितबाट लागू औषध फेनारगन ११ पिस, डाईजेपान
११ पिस, बुप्रेनरफिन ईन्जेक्सन ११
पिस र लाईफलाईन लेखेको ३ वटा
ईन्जेक्सन सहित जिल्ला उदयपुर त्रियुगा नगरपालिका ४ बगाह बस्ने वर्ष २४ को सागर
मगरलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
कडरवोनाबाट खटिएको प्रहरी टोलीले लहानबाट कदमाह तर्फ आउँदै गरेको पैदल यात्रीलाई चेक
जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।