बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-११-१९
- A
- A-
- A+
बारा, जितपुर सिमरा उप-महानगरपालिका १ पथलैया चोक स्थितबाट बिल बिजक भन्दा बढी मुल्य रु. ५३,४०,०९०/- बराबरको सामान सहित ना ६ ख ४४४७ नम्बरको ट्रकलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिल बिजक भन्दा बढी मुल्य तथा राजश्व छलीको सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।