स्रोत नखुलेको रकम सहित मानिसहरु नियन्त्रणमा
२०८१-११-२०
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका ८ स्थितबाट स्रोत
नखुलेको नेपाली रकम रु. ६,६६,५००/-
र भारतीय रु. ३९,०००/- सहित गोडैता नगरपालिका ५ रामबन बस्ने बर्ष ३८ को मनोज
गुप्ता र निजकै भाई बर्ष ३५ को श्री भगवान गुप्तालाई सोमवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेक जाँच
गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 30 N
2230 नम्बरको मोटरसाईकललाई शंका लागी चेक जाँच गर्दा निजहरुलाई स्रोत
नखुलेको नेपाली र भारतिय रुपैयाँ र नेपाली
बैंकको ATM कार्ड १७ थान सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।