लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२०
- A
- A-
- A+
बारा, जितपुरसिमरा उप-महानगरपालिका २१ स्थितबाट लागू औषध अफिम २.५ किलोग्राम सहित जिल्ला चितवन कालिका नगरपालिका ३ बस्ने बर्ष ५० को संचलाल वाईवा र जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका ३ बस्ने बर्ष ४८ को हिरालाल वाइवालाई मंलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा हेटौंडाबाट विरगन्ज तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।