लागू औषध अफिम सहित मानिस नियन्त्रणमा
२०८१-११-२२
- A
- A-
- A+
बारा, जितपुर सिमरा उप-महानगरपालिका २१
स्थितबाट लागू औषध अफिम २.०४१ किलोग्राम सहित जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका
१ बस्ने बर्ष २७ को सुनिल मोक्तान र जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका ३ बस्ने बर्ष
२० को हर्क रुम्बालाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको
आधारमा २२० सि.सी. पल्सर मोटरसाईकलमा लागू औषध बोकी
हिंडिरहेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट
खटिगएको टोलीले हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बा. प्रदेश०३-००३प ३१२६ नम्बरको
मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।