लागू औषध चरेश जस्तो देखिने बस्तु सहित मानिस नियन्त्रणमा
२०८१-११-२५
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका १५ ब्रहमचोक
स्थितबाट लागू औषध चरेस जस्तो देखिने बस्तु ६.५९० किलो ग्राम सहित जिल्ला बारा
कलैया उप-महानगरपालिका २ भवानीपुर बस्ने बर्ष २३ को लडु राम, जिल्ला पर्सा बिन्दवास्नी गाउँपालिका ३ बस्ने बर्ष ३५ को सरोज साह र बिरगंज
महानगरपालिका ११ बस्ने बर्ष २३ को रवी चौधरीलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । ब्रहमचोक स्थित अमिरका पाण्डेको पसलबाट मोबाईल चोरी गरी भागेको भने खबर
प्राप्त हुना साथ प्रहरी चौकी भिष्वागाउँबाट खटिएको प्रहरी टोलीले उक्त मोबाईल चोरहरुलाई
खोजतलास गर्ने क्रममा बिरगंज महानगरपालिका १५ ब्रहमचोकमा
अवस्थित प्रेम श्रेष्ठको घरमा डेरा गरी बस्दै गरेका
निजहरुको कोठाबाट उक्त परिमाण बराबरको लागू औषध र चोरी
गरेको मोबाईल थान-२ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।