लागू औषध गाँजा नियन्त्रणमा
२०८१-११-२७
- A
- A-
- A+
बारा, कोल्हबी नगरपालिका ५ सोनाभार स्थितबाट
लागू औषध गाँजा ५६ किलो ग्राम सोमबार बेलुका प्रहरीले बरामद गरेको छ । बिशेष
सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी र प्रहरी चौकी बारागढीबाट
खटिएको संयुक्त प्रहरी टोलीलाई कुमरगढीबाट
सोनाभार टोल तर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाईकल चालकले प्रहरी टोलीलाई
देख्ना साथ २ वटा बोरा फाली मोटरसाईकल लिई फरार
भएकोमा उक्त बोरा खोली हेर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।