लागू औषध सहित २ जना मानिस नियन्त्रणमा
२०८१-११-२७
- A
- A-
- A+
सर्लाही, ईश्वरपुर नगरपालिका ९ खोरीया
टोल स्थितबाट लागू औषध Diclofenac Sodium, Dicyclomine, Hydrochloride
Capsules ३० पत्ता (प्रत्येक
पत्तामा २४ क्यापसुल) जम्मा ७२० क्यापसुल र Hydrochloride Syrup २ बोतल (१०० ml) सहित चक्रघाट्टा गाउँपालिका ६ बस्ने
बर्ष २५ को पप्पु साह र बर्ष २८ को राम दियाल महरालाई सोमबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय
केशरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकिंङ गर्ने क्रममा ब्रहम्पुरीबाट
बयलबास तर्फ आउँदै गरेको बा ९२ प ४८५ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुलाई
उक्त परिमाणको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।