नक्कली नेपाली रुपैयाँ सहित मानिसहरु पक्राउ
२०८१-११-२७
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकाली
स्थितबाट नक्कली नेपाली रकम रु. १,७६,०००/- सहित जिल्ला महोत्तरी सोनमा गाउँपालिका ५ सुन्दरपुर बस्ने बर्ष ४२
को सुल्तान मंसुर, जिल्ला रौतहट गढीमाई नगरपालिका
९ चिनमिलिया टोल बस्ने वर्ष ५६ को राम नारायण सहनी, जिल्ला सर्लाही धनकौल नगरपालिका ७ बैरिया बस्ने वर्ष ४८
को दुलार सहनी, जिल्ला सर्लाही ब्रहमपुरी नगरपालिका
२ बस्ने वर्ष ५० को रामपृत सहनी र जिल्ला सर्लाही ब्रहमहपुरी गाउँपालिका २ बस्ने
वर्ष ३५ को सिहानता कुमारी देवीलाई सोमबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको
प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 30 C
4766 नम्बरको मोटरसाईकलमा सवार रहेको खुर्सैद शेख र राम नारायण
सहनीले बोकी राखेको काटुन भित्र नेपाली नक्कली रु.१०००/- (एक
हजार) दरको तल माथि १/१ वटा नोट राखी बिचमा सादा सेतो पेपर राखि बनाएको बण्डल- ८८
थानमा नक्कली नेपाली रुपैयाँ जम्मा १७६ थान फेला परेको तथा उक्त खोटा मुद्राको वारदातमा ५ जना संलग्न रहेको खुलेको
हुँदा निजहरु चढी आएको बा ४७ प ८७५७ र BR 30 AL 3949 नम्बरको मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।