श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-११-२७
- A
- A-
- A+
धनुषा, जनकपुर उप-महानगरपालिका २ कदम चोक
स्थितबाट श्रोत नखुलेको रकम रु. ९,६८,१२०/- सहित
जिल्ला महोतरी एकडारा गाउँपालिका कोल्हुवा टोल बस्ने बर्ष २४ को सुरज मण्डल, निजको
दाई बर्ष २७ को दिपक कुमार मण्डल, जिल्ला सर्लाही ब्रहमपुरी
टोल बस्ने बर्ष १८ को अरुण कुमार साह र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १२
कुवारामपुर बस्ने बर्ष ३३ को गोविन्द कुमार खत्बेलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको
आधारमा म.प्र.०२-००७ प ८०७७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइल
चालक शिवम कुमार साहलाई श्रोत नखुलेको उक्त रकम सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा
उक्त रकम जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १० देवीचोकमा डेरा गरी बस्ने उल्लेखित
मानिसहरुको हो भनी खुल्न आएकोले उक्त स्थानमा पुगी खानतलासी
गर्दा मोबाईल थान ५, विभिन्न बैंकहरुको नगद जम्मा गरेको बैंक भौचर १५० थान,
चेकबुक, पासपोर्ट थान ३ समेत श्रोत नखुलेको ८०,१२० गरी जम्मा नगद रु.९,६८,१२०/- सहित
निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।