लागु औषध नियन्त्रण
२०८१-११-२९
- A
- A-
- A+
बारा, सिम्रौनगढ नगरपालिका-६ सतुवाही स्थितबाट लागु औषध Noophin 500 एम्पुल (प्रती पिस 2 ml को) Diazepam 500 एम्पुल (प्रती पिस 2 ml को) Phenergan 500 एम्पुल (प्रती पिस 2 ml को) इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको छ । भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अपरिचित व्यक्तिले आफ्नो हातमा बोकीरहेको प्लास्टिकको बोरा सोही स्थानमा फाली सो व्यक्ति भारततर्फ फरार भएकोमा उक्त टोलीले प्लास्टिकको बोरा फेला पारी इलाका प्रहरी कार्यालय सिम्रौनगढमा ल्याइ खोली हेर्दा उक्त बोरा भित्र ५ पोका लागु औषध फेला परेको, यस सम्बन्धमा प्रहरीद्धारा फरार रहेको मानिसको खोजतलास तथा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।