अबैध लागु औषध सहित सवारी साधन तथा मानिस नियन्त्रणमा
२०८१-१२-०३
- A
- A-
- A+
महोत्तरी,
बर्दिबास नगरपालिका ३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाँडाबाट लागू औषध गाँजा ५४७
किलो ग्राम सहित जिल्ला सिन्धुपाल्चोक
बाह्रबिसे नगरपालिका-७ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-६ टोखा बस्ने
बर्ष ३७ को सलिन मगरलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य
सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा
कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सिन्धुलीबाट बर्दिबास तर्फ आउँदै
गरेको बा.३ ख. ५८३२ नम्बरको मिनीट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त मिनी ट्रकमा फल्स
बटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको उक्त
परिमाण बराबरको लागू औषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।