लागू औषध बरामद
२०८१-१२-०५
- A
- A-
- A+
१.
सप्तरी, सुरुङ्गा नगरपालिका ९
टिकुलिया गाउँ स्थितबाट ४४ किलो ग्राम लागू औषध गाँजा सोमवार बेलुका प्रहरीले बरामद
गरेको छ । टिकुलिया गाउँको भित्री सडक खण्डमा कदमाहाबाट चन्ही तर्फ जादै गरेको स.८
प.१३१४ नम्बरको कालो सेतो रंगको १५० सि.सि.को पल्सर मोटरसाईक प्रहरी चौकी धाँतीबाट
खटिएको प्रहरी टोलीलाई देख्ना साथ लागू
औषध गाँजा र मोटरसाईकल छाडी फरार रहेकोमा
प्रहरी टोलीले उक्त परिमाण बराबरको लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका १६
इनर्वा गाँउ स्थितबाट ७५ किलो ७०० ग्राम लागू औषध गाँजा मंगलवार दिउँसो प्रहरीले बरामद
गरेको छ । खाली जग्गामा लागू औषध गाँजा त्रिपालले छोपी राखिएको भन्ने खबर प्राप्त
हुना साथ अस्थाई प्रहरी पोष्ट ईनर्वा गाँउबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा
पुगी चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।