लागू औषध सहित मनिस नियन्त्रणमा
२०८१-१२-०७
- A
- A-
- A+
१.
पर्सा, पर्सागढी नगरपालिका ९
बडेरवा स्थितबाट २.५ किलो ग्राम लागू औषध गाँजा सहित सखुवा प्रसौनी गाउँपालिका २
जमुनिया बस्ने बर्ष ६० को धुर्व ठाकुरलाई बिहीबार साँझ पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले बडेरवाबाट तेलिया तर्फ आउँदै
गरेको पैदल यात्रीलाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, लहान नगरपालिका १
लोकतन्त्र चोक स्थितबाट लागू औषध DIAZEPAM Injection लेखिएको १९८ एम्पुल, Promethazine
Hydrochloride Injection लेखिएको १९८ एम्पुल, BUPRENORPHINE
INJECTION NOOPHINE लेखिएको ९९ एम्पुल, BUPRENORPHINE
INJECTION IPPL लेखिएको ९९ एम्पुल गरी जम्मा ५९४ एम्पुल र मोबाईल
थान-१(एक) सहित लहान नगरपालिका ६ कुम्हाल टोल बस्ने बर्ष ५२ को जुक्ती लाल
पासमानलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लहान बजारबाट धनगढी तर्फ
गईरहेको पैदल यात्रीहरुलाई चेकजाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागू औषध
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।