लागू औषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८१-१२-०९
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका १९ कटहा कालाबन्जर स्थितबाट लागू औषध DIAZEPAM-३६ एम्पुल, BUPRENORPHINE-३६ एम्पुल, PROMETHOZINE HYDROCHLORIDE-३६ एम्पुल, NITRAVET -10 (NITRAZEPAM)-३०० ट्याब्लेट र NETZECARE-10 (NITRAZEPAM)-४० ट्याब्लेट लागू औषध सहित सखुवानन्कारकट्टी गाउँपालिका २ बस्ने बर्ष २१ को अमरेश कुमार यादव, लहान नगरपालिका २० बस्ने बर्ष २३ को पंकज शर्मा र लहान नगरपालिका १ बस्ने बर्ष १९ को राजिव कुमार दासलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा छरापटि चोकबाट कालाबन्जर चोक तर्फ जाँदै गरेको स ६ प ११४३ नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।