प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध नियन्त्रणमा

२०८१-१२-१५

  • A
  • A-
  • A+
Share


पर्सा, जगरनाथपुर गाउँपालिका १ दसगजा स्थितबाट ३० किलोग्राम लागू औषध गाँजा बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पाण्डेपुरबाट दसगजा तर्फ जाँदै गरेको पैदल यात्रीले प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ उक्त बोरा फाली  फरार भएकोमा प्रहरी टोलीले उक्त बोरा चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा फेला परेकोले उक्त लागू औषध नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२५

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिका १ पथलैया चोक स्थितबाट ३२ किलो ग्राम लागू औषध गाँजा सहित जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका १४ बस्ने बर्ष ४२ को सोम बहादुर मोक्तानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले हेटौंडाबाट परवानीपुर तर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाण बराबरको लागू औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  बारा, जितपुर सिमरा उप-महानगरपालिका २१ गणेश मन्दिर स्थितबाट १० किलो ७०० ग्राम (प्लाष्टिक सहित) लागू औषध गाँजा सहित जिल्ला मकवानपुर मनोहरीनगरपालिका ६ बस्ने बर्ष ३८ को रबी थिङलाई सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । १५० सि.सी.को पल्सर मोटरसाईकलमा लागू औषध गाँजा बोकी हिंडिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी चेकिङ टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको ना ३६ प २१७७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा, एन्ड्रोइड मोबाईल थान-१ र भारतीय रु.२,३००/- (दुई हजार तीन सय रुपैयाँ मात्र) फेला परेकोले निजलाई लागू औषध, मोबाईल र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-१२-२२

 १.      बारा, जितपुर सिमरा उप-महानगरपालिका १ पथलैया चोक स्थितबाट विलबिजक भन्दा बढी अन्दाजी मुल्य रु.१९,८०,५६५/- (उन्नाईस लाख असी हजार पाँचसय पैंसट्ठी रुपैयाँ मात्र) बराबरको सामान सहित ना ४ ख १२११ नम्बरको ट्रकलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले  विरगंजबाट चितवन तर्फ जाँदै गरेको उक्त ट्रकलाई शंका लागी चेक जाँच गर्दा विलबिजक भन्दा बढी सामान रहेकोले उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ । २.      बारा, जितपुर सिमरा उप-महानगरपालिका ७ स्थितबाट विलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. ४०,००,०००/- (चालिस लाख रुपैयाँ मात्र) बराबरको सामान सहित ना ८ ख ७०९५ नम्बरको ट्रकलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले विरगंजबाट मोरङ तर्फ जाँदै गरेको उक्त ट्रकलाई शंका लागी चेक जाँच गर्दा विलबिजक भन्दा बढी समान देखिएकोले उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२१

१.     पर्सा, बिरगंज महानगरपालिका १६ रजतयन्ती चोक स्थितबाट लागू औषध खौरो हिरोईन जस्तो देखिने पदार्थ २२० ग्राम सहित देश भारत बिहार राज्य जिल्ला मोतिहारी थाना रक्सौल नगरपंचायत रक्सौल १३ मौजे टोल बस्ने बर्ष ४८ को अमित कुमार श्रीवास्तव, रक्सौल १४ बस्ने लागू औषध मुद्दाका फरार प्रतिवादी बर्ष ३७ को कृष्णा कुमार, रक्सौल १३ बस्ने वर्ष ३८ को सधिर कुमार कुश्वाहा र बर्ष २७ को राजा कुमार यादवलाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा फरार प्रतिवादी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको BR 06 DE 0007 नम्बरको स्कारपियो गाडीलाई रोकी चेक जाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, ईश्वरपुर नगरपालिका १२ बाँके खोलाको ड्याम स्थितबाट लागू औषध गाँजा ७ किलो २१० ग्राम सहित देश भारत जिल्ला सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम १७ बस्ने वर्ष ३० को शम्भु कुमार कुशवाहा र ईनरवा सोहरवा ग्राम १६ बस्ने वर्ष २५ को संजय ठाकुर शर्मालाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंज र अस्थाई प्रहरी पोष्ट कालिन्जोर घारीबथानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बाँके भित्री खोलाबाट दक्षिण तर्फ आउँदै गरेको ज १२ प ९०९९ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा लागू औषध गाँजा फेला पारेकोले निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, बागमती नगरपालिका १२ बथाने टोल स्थितबाट लागू औषध गाँजा १६ किलो ५०० ग्राम सहित सोही स्थान बस्ने वर्ष ७६ को मान बहादुर बललाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा लागू औषध गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा फेला परेकोले लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ४.     सिरहा, बरियारपट्टी गाउँपालिका ३ हवल्दार चोक स्थितबाट लागू औषध NOOPHIN ४ एम्पुल, RX ABBOT ४ एम्पुल र STERPAM ४ एम्पुल सहित गोलबजार नगरपालिका ७ बस्ने बर्ष २४ को मनोज शर्मा र बर्ष १७ को नरेश कुमार यादवलाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट जिरोमाइल तर्फ आउँदै गरेको प्र.२-०२-००१ प ८८०६ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । १.    

लागू औषध गाजाँ सहित मानिस नियन्त्रणमा
२०८१-१२-१८

महोत्तरी, बर्दिबास नगरपालिका ३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँबाट लागू औषध गाँजा २३५.६ किलो ग्राम सहित जिल्ला मकवानपुर थाहा नगरपालिका ७ डाडाबास बस्ने बर्ष २७ को कबिराज गोलेलाई सोमवार बेलुमा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सिन्धुलीबाट बर्दिबास तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख. ५३७१ नम्बरको निलो रंगको मिनीट्रकलाई रोकी चेक जाँच गर्दा उक्त मिनि ट्रकमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाण बराबरको अबैध लागू औषध गाँजा फेला परेकोले निजलाई उक्त लागू औषध र मिनी ट्रक सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।