विलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-१२-२२
- A
- A-
- A+
१. बारा, जितपुर सिमरा उप-महानगरपालिका १ पथलैया चोक स्थितबाट विलबिजक भन्दा बढी अन्दाजी मुल्य
रु.१९,८०,५६५/- (उन्नाईस लाख असी हजार पाँचसय पैंसट्ठी रुपैयाँ
मात्र) बराबरको
सामान सहित ना ४ ख १२११ नम्बरको ट्रकलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले विरगंजबाट चितवन तर्फ जाँदै गरेको उक्त ट्रकलाई
शंका लागी चेक जाँच गर्दा विलबिजक भन्दा बढी सामान रहेकोले उक्त ट्रकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय
पथलैया,
बारामा बुझाईएको छ ।
२. बारा,
जितपुर सिमरा उप-महानगरपालिका ७ स्थितबाट विलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. ४०,००,०००/- (चालिस लाख रुपैयाँ मात्र) बराबरको सामान सहित ना ८ ख ७०९५ नम्बरको
ट्रकलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
जितपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले विरगंजबाट मोरङ तर्फ जाँदै गरेको उक्त ट्रकलाई
शंका लागी चेक जाँच गर्दा विलबिजक भन्दा बढी समान देखिएकोले उक्त ट्रकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय
पथलैया, बारामा बुझाईएको छ ।