लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२५
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका
१ पथलैया चोक स्थितबाट ३२ किलो ग्राम लागू औषध गाँजा सहित जिल्ला मकवानपुर हेटौंडा
उप-महानगरपालिका १४ बस्ने बर्ष ४२ को सोम बहादुर मोक्तानलाई आईतवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले
हेटौंडाबाट परवानीपुर तर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई चेक जाँच गर्ने
क्रममा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाण बराबरको लागू औषध गाँजा सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, जितपुर सिमरा उप-महानगरपालिका २१ गणेश मन्दिर स्थितबाट १० किलो ७०० ग्राम (प्लाष्टिक सहित) लागू औषध गाँजा सहित जिल्ला मकवानपुर मनोहरीनगरपालिका ६ बस्ने बर्ष ३८ को रबी थिङलाई सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । १५० सि.सी.को पल्सर मोटरसाईकलमा लागू औषध गाँजा बोकी हिंडिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी चेकिङ टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको ना ३६ प २१७७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा, एन्ड्रोइड मोबाईल थान-१ र भारतीय रु.२,३००/- (दुई हजार तीन सय रुपैयाँ मात्र) फेला परेकोले निजलाई लागू औषध, मोबाईल र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।