पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८१-१२-२६
- A
- A-
- A+
१.
रौतहट,
ईशनाथ नगरपालिका वडा नम्बर-१ बन्जरहा झुलुङगे पुल स्थितबाट १ राउण्ड गोली
लोड भएको कटुवा पेस्तोल, 8 mm को लाईभ ३ राउण्ड गोली र लागु औषध गाँजा अन्दाजी
९० किलो ग्राम सहित जिल्ला रौतहट गौर नगरपालिका-४ टिकुलिया बस्ने महिन्द्र गिरीको
छोरा अन्दाजी वर्ष-२१ को सावन गिरीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा
लागुऔषध गाँजा ओसार पसार भईरहेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी
कार्यालय रौतहटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले लालबकैया
नदीको केराबारी हुँदै नेपालबाट भारत तर्फ टाउकोमा सामान बोकी लैजादै गरेको अवस्थामा
प्रहरी टोलीलाई देख्न साथ उक्त सामान फाली भागि रहेको अवस्थामा पक्राउ गरी चेक
जाँच गर्दा निजले लगाएको पाईन्टबाट 8 mm को ३ राउण्ड लाईभ गोली सोही स्थान
नजिकै कटुवा पेस्तोलमा १ राउण्ड गोली लोड
भएको र लागु औषध गाँजा ४ बोरा फेला पारेको । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।