लागु औषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८१-१२-२५
- A
- A-
- A+
१.
बारा, निजगढ नगरपालिका-८ कभड हल नजिक स्थितबाट
प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित स्कुटी चालक बकैया
टोल बस्ने अन्दाजी बर्ष-३४ को कमल के.सी. र सोही स्कुटीमा पछाडि सवार वडा नम्बर-९
बकैया बस्ने अन्दाजी बर्ष-४३ को राम गोपाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट
निजगढ तर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको स्कुटीलाई रोकि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको
चिजबल भित्र लुकाई छिपाई सेतो प्लास्टिकमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित
निजहरुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।