प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-१२-२७

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका वडा नम्बर-१६ शंक्राचार्य गेट स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट खटीएका प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको पैदल यात्री जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर-३ झवरा टोल बस्ने अन्दाजी वर्ष ४४ को सुनिल बम्जन, अन्दाजी वर्ष-२९ को पञ्चलाल माझी र अन्दाजी वर्ष-२१ को मुकेश माझी नाम बताउनेलाई रोकी खानतलासी गर्दा सुनिल बम्जनको साथबाट मोवाइल थान-१, पञ्चलाल माझीको साथबाट अवैध लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ १ पोका र मोवाईल थान -१  र मुकेश माझीको साथबाट अवैध लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ १ पोका गरी जम्मा अवैध लागु औषध (गाँजा)  ५ किलो ७५० ग्राम  र मोबाइल थान २ फेला परेकोमा निजहरुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४

जिल्ला, सर्लाही मरिनबाट लालबन्दी तर्फ लागू औषध गाँजा  ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, लालबन्दीबाट र प्रहरी चौकी पत्थरकोटबाट पत्थरकोट-१३ चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउँदै गरेको बा२०च १७८२ नम्बरको बोलेरो पिकअप गाडी सहित चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका नवलपुर बस्ने सिकिन्दर चौधरीको छोरा अन्दाजी वर्ष २५ को सुशिल चौधरीलाई नियन्त्रणमा लिइ सवारी चेकजाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाइ छिपाइ राखेको अवस्थामा रातो प्लाष्टिकमा प्याक गरी राखेको ४५ पोका अन्दाजी २४४ किलो ग्राम लागु औषध गाँजा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४

जिल्ला, महोत्तरी बर्दिबास नगरपालिका-१ राष्ट्रिय बाणिज्य बैङ अगाडि बि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासबाट  खटिएको संयुक्त प्रहरी टोलिले बर्दिबास तर्फबाट सिन्धुली तर्फ जाँदै गरेको ज.८प. ३४०५ न. को मोटरसाइकललाई शंका लागी चेकजाच गर्दा मोटरसाइकल चालक जिल्ला महोत्तरी भंगाहा नगरपालिका-७ बस्ने प्रमोद गिरीको छोरा बर्ष अन्दाजी-३० को पप्पु कुमार गिरीको साथबाट लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध NITRAZEPAM- २० पत्ता (२०० पिस) र सोहि मोटरसाइकल पछाडि सवार भंगाहा नगरपालिका-७ बस्ने रंजित गिरीको छोरा बर्ष अन्दाजी-१९ को सुजित गिरीको साथबाट लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध NITRAZEPAM- १५ पत्ता (१५० पिस) गरी जम्मा-३५ पत्ता (३५० पिस) फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-१२-२९

१.     सप्तरी, खड्क नगरपालिका-५ बस्ने प्रतिबन्धित लागु औषध मुद्दामा ३ महिना २७ दिन कैद र रु २००० (दुई हजार) जरिवाना भएको फरार प्रतिवादी  बर्ष ४७ को सम्पत लाल चौधरीलाई बिहिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजको वतन एरिया बाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, गोलबजार नगरपालिका-९ डण्डा टोल स्थितबाट प्रतिबन्धित लागु औषध मुद्दामा ११ महिना १७ दिन कैद तोकिएको फरार प्रतिवादी ऐ.ऐ.बस्ने सोन्फी कापरको श्रीमती अं.बर्ष ६३ की प्रमेश्वरी देवी कापरलाई शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजकै गाउँ घरबाट फेलापारी नियन्त्रणमा लिईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।