लागु औषध चरेस सहित मानिस नियन्त्रणमा
२०८१-१२-२७
- A
- A-
- A+
जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नम्बर-१६ शंक्राचार्य गेट स्थित प्रहरी चौकी
ईनर्वा पर्साबाट खटीएका प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको पैदल यात्री देश भारत बिहार राज्य जिल्ला मोतिहारी पश्चिम चम्पारण थाना सुगौली ग्राम
पञ्चायत छपरा वडा नम्बर-७ बस्ने कोदै साहको छोरा अन्दाजी वर्ष-४५ को
बिकास साह कानुलाई रोकी खानतलासी गर्दा निजले
लगाएको सर्ट मुनी खरानी रंगको बण्डीको पाकेटमा
पहेलो रंगको प्लाष्टिक र टेपले बेरी लुकाई छिपाई ल्याएको अवैध लागु औषध चरेस जस्तो
देखिने पदार्थ ४ पोकामा २ किलो ग्राम र निजले
लगाएको पाईन्टबाट नेपाली सिमकार्ड
प्रयोगमा रहेको मोवाईल थान-१ फेला पारेकोमा नियन्त्रणमा लिई यस सम्बन्धमा
प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।