लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४
- A
- A-
- A+
जिल्ला, महोत्तरी बर्दिबास नगरपालिका-१
राष्ट्रिय बाणिज्य बैङ अगाडि बि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट
र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले बर्दिबास तर्फबाट
सिन्धुली तर्फ जाँदै गरेको ज.८प. ३४०५ न. को मोटरसाइकललाई शंका लागी चेकजाच गर्दा
मोटरसाइकल चालक जिल्ला महोत्तरी भंगाहा नगरपालिका-७ बस्ने प्रमोद गिरीको छोरा बर्ष
अन्दाजी-३० को पप्पु कुमार गिरीको साथबाट लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध
NITRAZEPAM-
२० पत्ता (२०० पिस) र सोहि मोटरसाइकल पछाडि सवार भंगाहा नगरपालिका-७
बस्ने रंजित गिरीको छोरा बर्ष अन्दाजी-१९ को सुजित गिरीको साथबाट लुकाई छिपाई
राखेको प्रतिबन्धित लागु औषध NITRAZEPAM- १५ पत्ता (१५० पिस)
गरी जम्मा-३५ पत्ता (३५० पिस) फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भइरहेको छ ।