प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित मानिस नियन्त्रणमा

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।