लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१५
- A
- A-
- A+
सिरहा, भगवानपुर गाउँपालिका ४ ठाडी स्थितबाट
प्रतिबन्धित लागू औषध Triprolidine hydrochloride and codeine phosphate syrup-Korcof-C १०० ml लेखिएको १३ बोतल र Codine phosphate and
Triprolidine hydrochloride syrup WIXDIN 100 ml लेखिएको ३ बोतल सहित लहान नगरपालिका-३ रघुनाथपुर बस्ने बर्ष ४५ को
सुरेन्द्र महतो र डङग्राहा टोल बस्ने बर्ष १४ को निशान्त कुमार महतोलाई आईतवार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडी सिरहा र सशस्त्र प्रहरी
वल नेपाल प्रास्ताविक सीमा सुरक्षा गुल्म इनर्वाबाट संयुक्त रुपमा खटिएको चेकिङ
टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००५ प ५०२६ नम्बरको मोटरसाईकललाई
चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।