लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१६
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका-३ स्थितबाट प्रतिबन्धित
लागु औषध WIXDINE-१३ बोतल, ONEREX-२, DIAZEPAM-१५ एम्पुल, BUPRENORPHINE-१५ एम्पुल, SAMEPEX+ लेखिएको १ पत्तामा ८ क्याप्सुल
र NITRAZEPAM ट्याब्लेट २० चक्की सहित सोही स्थान बस्ने बर्ष २६ को सुरज महतोलाई सोमबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागु औषध बिक्री वितरण गरिरहेको
छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी
कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले निजको घरमा खानतलासी गर्दा कालो रंगको
झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध फेला परेकोले उक्त
लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।