लागु औषध गाँजा नियन्त्रणमा
२०८२-०१-१७
- A
- A-
- A+
सप्तरी, कंचनरुप नगरपालिका-२ बरमझिया स्थित पुर्व पश्चिम
लोक राजमार्गमा ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले
गोवास टोलबाट भारदहतर्फ जाँदै गरेको स१ह १७१६ नम्बर अटो रोक्न खोज्दा अटो चालक फरार
भएको, उक्त अटो चेक जाँच गर्दा अटो भित्र राखिएको ३ वटा बोरा, १ वटा कालो सुटकेस र
१ वटा कपडाको रातो झोलामा लागु औषध गाँजा फेला पारी अटो र गाँजा सहित नियन्त्रणमा
लिई नाप तौल गर्दा ७९.७६ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको, फरार चालकको खोजी
कार्य तथा थप अनुसन्धान कार्य भईरहेको ।