लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१७
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-२१ स्थित इलाका
प्रहरी कार्यालय अम्लेखगंज बाराको कार्यालय अगाडी खटीएको प्रहरी टोलीले बिशेष सूचनाको
आधारमा विरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको BR05BA4817 नम्बरको कारलाई रोकी चेक जाँच गर्दा उक्त कारको
पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याईरहेको अवस्थामा लागू औषध Tramadol
Hydrochloride Capsules -२९६५ पत्ता (प्रत्येक
पत्तामा १० वटाको दरले हुन आउने २९६५० ट्याबलेट)
फेला परेको हुँदा चालक देश भारत जिल्ला मोतिहारी ग्राम अरेराज मलाही-११
मललाही बस्ने रामबाबु ठाकुरको छोरा अन्दाजी बर्ष-२३ को नितिश कुमार ठाकुर र सोही
गाडीमा सवार जिल्ला पर्सा विरगंज महानगरपालिका-१६ बस्ने मोतिलाल पटेलको छोरा अन्दाजी
बर्ष-२६ को सिद्वान्त प्रसाद पटेललाई साथमा रहेको मोबाईल थान-२, BR05BA4817
नम्बरको कार, लागु औषध Tramadol Hydrochloride Capsules सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भइरहेको ।
२.
सप्तरी, तरहुत गाउँपालिका-२ बडहरा
स्थित हुलाकी सडक खण्डमा ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरी
टोलिले फत्तेपुरबाट डिमन तर्फ जाँदै गरेको प्र १-०२-००३ ह २९३४ नम्बर अटो चेक जाँच
गर्दा अटो भित्र सेतो पलास्टिकको २ वटा
पोका र सेतो बोरा भित्र जम्मा ५८ किलो ग्राम लागु औषध गाँजा र अटो चलाक
जिल्ला उदयपुर बेलका नगरपालिका-३ बस्ने ईन्द्र बहादुर दाहालको छोरा बर्ष अन्दाजी-४१
को जयराम दाहाल सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको ।