पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-२१
- A
- A-
- A+
सर्लाही, पर्सा गाउँपालिका-२ रबि होटल स्थितबाट सानो कटुवा
पेस्तोल थान १ र सोको गोली थान १ सहित सोहि
स्थान वडा नम्बर-४ बस्ने राजदेव साहको छोरा अन्दाजी बर्ष-२३ को दिपक साहलाई शनिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । हतियार सहित बसिरहेको छ भन्ने विशेष सूचनाको
आधारमा प्रहरी चौकी नारायणपुरबाट खटिएको
प्रहरी टोलीले रबि होटलबाट दिपक साहलाई नियनत्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।