बिष्पोटक पदार्थ सहित हतियार नियन्त्रणमा
२०८२-०१-२१
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-१० डन्डा टोल स्थितमा रहेको
जंङगलमा घरेलु हतियार जस्तो देखिने लामो
भरुवा बन्दुक लिई २ जना अपरिचित व्यक्तिहरु सिकार खेल्न गएको भन्ने गोप्य सूचनाको
अधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीलाई देखी दुबै ब्यक्ती फरार भएको र सोही स्थानमा
खोजतलास गर्दा सोही स्थान बस्ने बिजय लाल सार्कीको खेतमा गँहुको भुसा थुपारेको ठाउँमा
प्लास्टिकले छोपेर राखेको बेवारिसे घरेलु हतियार (भरुवा बन्दुक) थान १ र बारुद २००
ग्राम र सोही स्थानबाट अन्दाजी -२०० मिटर दक्षिण सोही स्थान बस्ने असेसर महतोको
आँपको बगैँचाको झाडी भित्र वेवारिसे
अबस्थामा लुकाई छिपाई अबस्थामा रहेको भरुवा बन्दुक थान १ गरी जम्मा २ दुई वटा
भरुवा बन्दुक र बारुद समेत
फेला पारेको हो । फरार रहेको
मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।