लागु औषध गाँजा नियन्त्रणमा
२०८२-०१-२१
- A
- A-
- A+
१. सर्लाही, मलंगवा नगरपालिका-१ भेडहिया बस्ने नन्द किशोर रायको जग्गामा राखेको परालको टाली भित्र लागु औषध गाँजा २६ किलो २६० ग्राम आईतबार दिउँसो प्रहरीले बरामद गरेको छ । गाँजा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी टोलीले पराल हटाई हेर्दा जुटको बोरा भित्र प्लाष्टिकले बेरी राखिएको २ पोका लागु औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, लालबन्दी नगरपालिका- ११ स्थितबाट प्रतिबन्धित लागु औषध गाँजा ४८ किलो ८३ ग्राम र ना५७प ७५१८ नम्बरको मोटरसाईकल आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरकोट सर्लाहीबाट खटिएको प्रहरी टोलीले बाहुनीको जंगलमा चेकजाँच गरिरहेको अवस्थामा सेतीभिर तर्फबाट बाहुनि तर्फ आउँदै गरेको मोटरसाईकलमा सवार २ जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाईकल छाडी जंगल तर्फ फरार भएको र मोटरसाईकलमा लोड २ वटा सेतो रंगको बोरा भित्र रातो रंगको प्लाष्टिकमा र्यापिङ्ग गरी बाधिएको अवस्थामा ११ पोका लागु औषध गाँजा नियन्त्रणमा लिई फरार व्यक्तिको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।