लागु औषध Tramadol Hydrochloride Capsules सहित फार्मेसी सञ्चाक प्रकाउ
२०८२-०१-२२
- A
- A-
- A+
रौतहट, चन्द्रपुर नगरपालिका वडा नम्बर-१० बडेर्वा स्थितबाट प्रतिबन्धित
लागु औषध Tramadol
Hydrochloride Capsules नामक प्रतिबन्धित ट्याबलेट ४५२० पिस सहित जिल्ला रौतहट मौलापुर नगरपालिका
वडा नम्बर-४ बस्ने रामअज्ञा साहको छोरा बर्ष २९ को जितेन्द्र कुमार साहलाई आईतबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बडेर्वा टोल बस्ने राम नरेश साहको घरमा सटर
भाडामा लिइ औषधी मेडिकल पसल संचालन गरी अबैधको रुपमा
प्रतिबन्धित लागूऔषध Tramadol Hydrochloride
Capsules लुकाई छिपाई राखि बिक्री वितरण गरीरहेको छ, भन्ने सूचना
प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी
टोलीले खानतलासी गर्दा औषधी मेडिकल पसलबाट Tramadol Hydrochloride Capsules
नामक प्रतिबन्धित ट्याबलेट बरामद गरी नियन्त्रणमा लिईएको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।