लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०१-२६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका १६ शंकराचार्य गेट स्थितबाट
लागू औषध गाँजा जस्तो देखिने बस्तु १ के.जी. ०२९ ग्राम सहित जिल्ला बारा गढिमाई गाउँपालिका १४
बस्ने वर्ष २५ को अफरोज अलमलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाने सवारी साधन
तथा पैदल यात्रीहरुलाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।