लागू औषत सहित मानिस नियन्त्रणमा
२०८२-०१-२८
- A
- A-
- A+
बारा, विश्रामपुर गाउँपालिका-५ नकटुवा स्थितबाट ४२० मिलि ग्राम (प्लाष्टिक सहित) लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही स्थान बस्ने शेख अकबरको छोरा बर्ष २० को शेख फैईयाज र आदर्शकोतवाल गाउँपालिका-२ खजुरिया बस्ने शिवनन्दन प्रसाद कोईरीको छोरा बर्ष ३५ को नितेश कुमार कोईरीलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।