अवैध सामान सहित मानिस नियन्त्रणमा
२०८२-०२-०५
- A
- A-
- A+
सर्लाही,
मलंगवा नगरपालिका ८ स्थितबाट सुन जस्तो देखिने २ वटा औंठी, सो संगै दुई वटा
टल्किने बस्तु र चाँदी जस्तो देखिने THE UNITED STATES OF
AMERICA 100$ 999 FINE SILVER लेखिएको धातुको एक थान बिस्कुट, रेडमी
मोबाईल थान-२ सहित मलंगवा नगरपालिका ३ बस्ने मोहम्द नसिबको छोरा बर्ष १७ को समिर
मिक्रानीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट
खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अटोलाई चेक जाँच गर्ने
क्रममा निजलाई उक्त सामान सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।