प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कालो मोसो दल्ने अखिल (क्रान्तिकारी)का मधेश प्रदेश अध्यक्ष र अनेरास्ववियु (क्रान्तिकारी)का सिरहा जिल्ला अध्यक्ष पक्राउ ।

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

मिति २०८२।०२।०४ गते अं.१७;३० बजेको समयमा जि.धनुषा लक्ष्मिनिया गा.पा.४ सपही स्थितमा रहेको वि.पि.स्मृति बहुप्राविधिक शिक्षालयमा सोही शिक्षालयको प्रमुख गोबिन्द पौडेललाई निम्न कारणले नेपाल कम्युनिष्ट पार्टी बहुमतको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी) मधेश प्रदेशको अध्यक्ष जि.महोत्तरी बर्दिवास न.पा.३ गौरीडाँडा बस्ने कुबेर घिमिरेको छोरा अं.बर्ष २३ को आयुष घिमिरे र अनेरास्वबियु (क्रान्तिकारी) को सिरहा जिल्लाको अध्यक्ष जि.सिरहा कल्याणपुर न.पा.१ बनिनिया बस्ने बेचन महराको छोरा अं.बर्ष ३१ को रामदेव कुमार महरा दुबै जना मिलि कालो मोसो शरिरको बिभिन्न भागहरुमा दली भाग्ने लागेको अवस्थामा  उक्त शिक्षालयको कर्मचारीहरुले टे.फो.मार्फत ऐ. १९;०० बजेको समयमा प्र.चौ.लक्ष्मिनियाँमा  जानकारी गराउन साथ प्र.चौ. लक्ष्मिनियाँबाट प्र.स.नि.उमानन्द सुनरैतको टोली र इ.प्र.का.महेन्द्रनगर धनुषाबाट प्र.नि.राजाराम यादवको कमाण्डमा टोली खटि गई कालो मोसो फाल्ने दुबै जनालाई नियन्त्रणमा लिई ‍इ.प्र.का.महेन्द्रनगर धनुषामा ल्याई थप  अनुसान्धान कार्य भइरहेको साथै निजहरुबाट फेला परेको पर्चामा भएको उल्लेखित बुदाँहरु निम्न रहेको ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियन(क्रान्तिकारी) अखिल(क्रान्तिकारी) द्वारा भ्रष्ट गोबिन्द पोडेललाई जनकारवाही किन ?

निम्नः-

१. नक्कली प्रमाणपत्र निर्माण- फेल भएको विद्यार्थीलाई गैरकानुनी रुपमा पास गराई  नक्कली प्रमाणपत्र तयार पार्ने कार्यमा संलग्न ।

२. प्रमाणपत्र बिक्री कारोवार- अवैध प्रमाणपत्र बिक्री मार्फत आर्थिक कारोबार गरी बिद्यार्थीहरुको भविष्य माथि खेलवाड ।

३. गम्भिर आर्थिक भ्रष्टाचार- साथै कार्यालयमै आर्थिक अनियमिता तथा घुस प्रथालाई संस्थागत गर्ने कार्यमा अग्रसर  ।

४. शैक्षिक माफियासँगको साँठगाँठ- निजी शिक्षालयहरुसँग मिलेमतो गरी ठगीधन्दा सञ्चालनमा सघाउने भूमिका ।

५. शैक्षिक संस्थाको साखमा दाग हाल प्राचार्यको भूमिकामा समेत पुराना भ्रष्ट प्रवृत्तिहरुको निरन्तरता दिंदै सार्वजनिक शिक्षालयको साख गिराउने कार्य ।

६. छानबिनमा बेवास्ता- सम्बन्धित निकायमा बारम्बार उजुरी र प्रमाण प्रस्तुत हुँदाहुँदै पनि कुनै छानविन नभएको र त्यसको संरक्षण गर्ने प्रयास गरिएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।