लागू औषध सहित मानिस पकाउ
२०८२-०२-०७
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-५ हरिपुर टोल स्थितबाट लागू औषध ब्राउन
सुगर जस्तो देखिने पदार्थ २६० मिलि ग्राम सहित सोही स्थान बस्ने हरिदेव महतोको
छोरा अन्दाजी बर्ष ३६ को शम्भु प्रसाद सुमनलाई मंगलबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ति टोलीले
आफ्नै घर अगाडि हिंडडुल गरिरहेको अवस्थामा
शंका लागी निजलाई खानतलासी गर्दा निजले लगाएको सेतो हाप पाईन्टको दाहिने खल्तीबाट उक्त
परिमाण बराबरको ब्राउन सुगर जस्तो देखिने लागु औषध फेला पारी निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।