लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०२-११
- A
- A-
- A+
१.
सप्तरी, खडक नगरपालिका वडा नम्बर-११ बनौली टोल
स्थितबाट लागु औषध गाँजा अन्दाजी २८२ ग्राम सहित सोही स्थान बस्ने जिवछ कुमार
साहको छोरा अन्दाजी बर्ष-१९ को कृष्णा कुमार साहलाई शनिबार राती प्रहरीले
नियन्त्रण लिएको छ । पसलमा लागु औषध गाँजा
बिक्री वितरण गरी रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय
कल्याणपुरबाट खटिएको प्रहरी टोलीले कृष्णा कुमार साहले संचालन गरेको किराना पसलमा खानतलासी
गर्दा रातो रंगको काठको पेटीमा लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित निजलाई
नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।
२.
सप्तरी, खडक नगरपालिका वडा नम्बर-७
कल्याणपुर स्थितबाट लागु औषध गाँजा ३२० ग्राम सहित सोही स्थान बस्ने बर्ष-४८ को
बुधसेन मण्डललाई शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पसलमा लागु औषध गाँजा बिक्री वितरण गरिरहेको छ
भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी
टोलीले बुधसेन
मण्डलको घर वतनमा गई हेर्दा उक्त घरको आँगनको कुनामा बोराले छोपी लुकाई छिपाई राखेको प्लाष्टिक
खोली हेर्दा गाँजा जस्तो देखिने पदार्थ सहित बुधसेन मण्डललाई नियन्त्रणमा लिएको छ
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।